समाज


राशिफल १७ वैशाख : कर्कटलाई नयाँ रोजगारी मिल्ने, कन्याको प्रेम सम्बन्ध अप्ठेरोमा पर्ने, तपाईँको दिन कस्तो?

राशिफल १७ वैशाख : कर्कटलाई नयाँ रोजगारी मिल्ने, कन्याको प्रेम सम्बन्ध अप्ठेरोमा पर्ने, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
बैशाख १७, २०८३ बिहिबार ४:४०, काठमाडौँ

आज बिहीबार, १७ वैशाख २०८३ (३० अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउला। पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष: लामो समयदेखि रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आँटे-ताकेको कार्य पूरा होला। खानपिनका विविध परिकार खान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट: मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट धन प्राप्ति हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सेवामूलक कार्यबाट सफलता मिल्नेछ। नयाँ रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह: अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या: साथीभाइसँग समय बित्नेछ। धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। सानो कुरामा चित्त दुख्ने बानीले प्रेम जीवनमा अप्ठ्यारो पर्न सक्छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला: आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवन साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक: कला र गलाको प्रभाव बढ्नेछ। आँटे-ताकेको पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी भइनेछ। पारिवारिक जमघटमा सहभागी हुने अवसर मिल्नेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु: नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर गुम्न सक्छ। आफन्तसँग मनमुटाव बढ्ने तथा गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ। लेनदेनमा दुबिधा उत्पन्न हुनेछ। सवारी साधनसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।  

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।  

मकर: लाभदायक यात्रा रहनेछ। दाजुभाइ तथा दिदीबहिनीले तपाईँका विचारलाई समर्थन गर्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। अचल सम्पत्ति हात पर्ने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: साथीभाइबाट बढी फाइदा लिने समय छ। सामाजिक कार्यमा सफलता हात लाग्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। पुँजी बजारले साथ दिनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन: काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। पुँजी बजारले पनि साथ दिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। लाभदायक यात्रा होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad