ad ad

समाज


कोरोनाबाट मृत्युपछि नरैनापुरका ३८ जना अर्कै क्वारेन्टिनमा सरे

कोरोनाबाट मृत्युपछि नरैनापुरका ३८ जना अर्कै क्वारेन्टिनमा सरे

रासस
जेठ ५, २०७७ सोमबार ९:४,

एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ।

उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार मृृत्यु भएपछि ३८ जनालाई जयकिसन माविकोे प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिए।

उनका अनुसार युवकको मृत्यु भएको दीपेन्द्र क्वारेन्टिनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो। जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ ।

नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइबार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टिनमा आइतबार अचानक भएको निधनपछि क्वारेन्टिनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए। एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

अलपत्रको उद्धार हुँदै
घोराही– दाङको घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरी भारतको सीमा क्षेत्रमा आइपुगेकाहरुको उद्धार शुरु गरेको छ। कोरोना सङक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण सीमामा अलपत्र नगरका बासिन्दालाई सीमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टिन पु¥याउन शुरु गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए।

उपहानगरपालिकाका करीब एक हजार तीन सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाले विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम थालेको उपमहानगरले जनाएको छ । तत्कालका लागि करीब ५० जना अट्ने गरी प्रत्येक वडामा क्वारेन्टिन निर्माणको काम भइरहेको बताइएको छ।

नगरले आइतबार कोइबासस र कृष्णनगर नाकामा आएका नागरिकलाई उद्धार गरेर घोराही ल्याएको नगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिए। भारतका चण्डीगढ, हरियाणा र दिल्लीबाट सीमामा आइपुुगेकाहरुलाई उद्धार गरेर घोराहीका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .