समाज


अतिक्रमित संरचना हटाउन बुटवलमा पनि चल्यो डोजर (तस्बिरहरू)

अतिक्रमित संरचना हटाउन बुटवलमा पनि चल्यो डोजर (तस्बिरहरू)

प्रदीप आचार्य
बैशाख १३, २०८३ आइतबार १२:४८, काठमाडौँ

उच्च अदालत बुटवलको अतिक्रमित सरकारी जग्गाका संरचना डोजर चलाएर भत्काउन थालिएको छ। 

आइतबार बिहान १० बजेदेखि त्यहाँका टहरा तथा पसलमा डोजर चलाइएको हो। 

डोजर चल्ने जानकारी पाएपछि स्थानीयले गएरातिदेखि नै त्यहाँबाट सामान सारेका थिए। 

बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा बुटवल–४ जेसिज चोक उत्तरतर्फको अतिक्रमित जग्गाका संरचना भत्काएको हो।

उक्त जग्गामा वर्षौंदेखि घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवन थिए। लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गा संरक्षणका लागि यसअघि पनि प्रयास भएपनि सफल हुन सकेको थिएन। 

हेर्नुहोस् थप तस्बिर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad