कारोबार


बर्लीका नयाँ हेभी ड्युटी एयरकुलर बजारमा

बर्लीका नयाँ हेभी ड्युटी एयरकुलर बजारमा

नेपालखबर
बैशाख १३, २०८३ आइतबार १२:४७, काठमाडौँ

अन्तर्राष्ट्रिय ब्रान्ड बर्ली होम एप्लायन्सले नेपाली बजारमा ३ वटा नयाँ 'हेभी-ड्युटी' कमर्सियल एयर कूलरहरू बजारमा ल्याएको छ।

नेपालका लागि आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले अब ठूला व्यावसायिक क्षेत्रहरूका लागि लक्षित गरी मेगाकुल ४ डब्लुएस १३५ एल, विन्ड कमान्डर थ्रिएस १२० लि र मेगाकुल ४ डब्लुएस १०० एल एयर कुलर सार्वजनिक गरेको हो।  

बर्लीले ल्याएका एयर कुलर बैंक, अफिस, ठूला शोरुम, रेस्टुरेन्ट, पार्टी प्यालेस र जिमहरूका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।

मेगाकुल ४ डब्लुएस १३५ एल सर्वाधिक शक्तिशाली क्षमतायुक्त छ। यसमा १३५ लिटरको विशाल ट्याङ्की, उच्च वायु प्रवाहयुक्त एयर डेलिभरी, २० इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड रहेको छ। ४-तर्फी स्विङ प्रविधि, वाटर लेभल इन्डिकेटर र ठूला सभाहलका लागि उत्कृष्ट रहेको छ।

त्यसैगरी विन्ड कमान्डर थ्रिएस १२० एलको क्षमता १२० लिटर ट्याङ्की, शक्तिशाली वायु प्रवाह, २० इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड रहेको छ। यसमा शक्तिशाली एयर-थ्रो, एरोडाइनामिक ब्लेड र टिकाउ हेभी-ड्युटी मोटर रहेको कम्पनीले जनाएको छ। 

मेगाकुल ४डब्लुएस १०० लिटरमा १०० लिटरको ट्याङ्की, १७ इन्चको 'प्लास्टिक हाई पर्फर्मेन्स' ब्लेड / इनभर्टर अनुकूल संरचना र शक-प्रुफ बडी रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad