समाज


गर्भवतीको मृत्यु घटनामा थप दुई चिकित्सक प्रहरीको नियन्त्रणमा

गर्भवतीको मृत्यु घटनामा थप दुई चिकित्सक प्रहरीको नियन्त्रणमा

गीता पाण्डे।


प्रदीप आचार्य
बैशाख ९, २०८३ बुधबार १२:५९, काठमाडौँ

गर्भपतनका क्रममा पाल्पाकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्री र इन्दु लेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतिष रुपाखेतीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवले दुवै चिकित्सक आफै प्रहरीमा उपस्थिति भएको बताए। 

गीताका पति प्रकाश पाण्डेले चिकित्सकको लापरवाहीले ज्यान गएको आरोप लगाउँदै डा. खत्री र डा. रुपाखेतीसहित पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। दुई चिकित्सकबाहेक जोनल फार्मेसीका सन्ध्या बस्नेत र निलम घर्ती मगर तथा इन्दु लेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डेविरुद्ध पनि उजुरी दिएका थिए। 

प्रहरीले सन्ध्या, निलम र खगेन्द्रलाई मंगलबार बिहान नै पक्राउ गरेको थियो। थप दुई चिकित्सकलाई आज नियन्त्रणमा लिइएको डीएसपी श्रीवास्तवले जानकारी दिए। गीताका आफन्तले तीन वटा स्वास्थ्य संस्थामा तालाबन्दी गरेका थिए। 

यस घटनाको नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने भएको छ। गीताका आफन्तले कारबाहीको माग गर्दै नेपाल मेडिकल काउन्सिलमा निवेदन दिएका थिए। त्यसका आधारमा काउन्सिलले घटनालाई गम्भीर रूपमा लिँदै छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।

काउन्सिलका रजिस्टार डा. सतिश देवका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन गर्ने तयारी भइरहेको छ। पीडित पक्षबाट पनि औपचारिक निवेदन आएकाले आवश्यक छलफलपछि छानबिन अगाडि बढाइने डा. देवले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad