समाज


ललितपुर महानगरपालिकामा जनप्रतिनिधिको पीसीआर टेस्ट

ललितपुर महानगरपालिकामा जनप्रतिनिधिको पीसीआर टेस्ट

नेपालखबर
जेठ ४, २०७७ आइतबार १०:१९,

ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ।

महानगरपालिकाले आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको छ। कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो।

यस्तै शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर र आरडीटी परीक्षण भएको थियो। महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताइन्। महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताए।

उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad