समाज


कोरोनाका कारण मृत्यु भएकी महिलाका श्रीमान् र शिशुसहित ५ जना धुलिखेल अस्पतालको आइसोलेसनमा

कोरोनाका कारण मृत्यु भएकी महिलाका श्रीमान् र शिशुसहित ५ जना धुलिखेल अस्पतालको आइसोलेसनमा

नेपालखबर
जेठ ४, २०७७ आइतबार ७:५७,

नेपालमा पहिलोपटक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका श्रीमानसहित पाँच जनालाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।

२९ वर्षीय ती महिलाको बिहीबार राति मृत्यु भएको र मृत्युको कारण कोरोना रहेको शनिबार पुष्टि भएको थियो। महिलाको मृत्युपछि उनको सम्पर्कमा रहेका श्रीमान, उनकी आमा, बहिनी, भाइ र नवजात शिशु गरी पाँच जनालाई शनिबार बेलुकादेखि नै आइसोलेसनमा राखिएको र आइतबार बिहानै स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता डा. सुमनराज ताम्राकारले बताए।

‘महिलाको मृत्यु भएपछि उनका आफन्तहरुलाई आइसोलेसनमा राखेका छौं’, उनले नेपालखबरसँग भने, ‘नवजात शिशुलाई पनि आइसोलेसन (सीसीयूसहितको) मा राखिएको छ, १२ दिनको शिशु भएकोले सबै कुरा ख्याल गरिएको छ।’

स्वाब संकलन गरिएका चार जनाको पीसीआर परीक्षण भइरहेको र आइतबार बेलुका वा सोमबार बिहानसम्ममा रिपोर्ट आउने बताइएको छ।

नौ दिनकी सुत्केरी ती महिला सिन्धुपाल्चोकको बाह्रबिसे–९, राम्चेकी हुन्। बिहीबार स्वास्थ्य अवस्था जटिल बनेपछि वाह्रविसेबाट धुलिखेल अस्पताल ल्याइएको थियो, उनको उपचार सुरु नगर्दै मृत्यु भएको थियो।

यसैबीच कोरोनाको कारण महिलाको मृत्यु भएपनि रोकिएको अस्पतालको सेवा आइतबार विहानदेखि सुचारु गरिएको छ।

‘रोकिएको सेवा आइतबार विहानदेखि सुचारु गरिएको छ, पहिलो मृत्युसँग सम्बन्धित भएकोले हामी गम्भीर बनेर दुईदिन अन्य उपचार गरेका थिएनौं, आजबाट फेरि सुरु गरेका छौं’, डा. ताम्राकारले भने।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad