आज आइतबार काठमाडौँ उपत्यकामा हल्का वर्षाकको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज काठमाडौँ उपत्यकामा पनि पानी पर्ने सम्भावना देखिएको हो।
'अहिले बिहान काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लागिरहेको छ, उनले नेपालखबरसँग भने, 'दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ।'
देशभरको मौसम प्रक्षेपण भने मौसम महाशाखाले अहिले बिहान ८ बजे जारी गर्छ।
यसैबिच आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.५ डिग्री सेल्सियस देखिएको मौसमविद् दाहालले जानकारी दिए।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अहिलेको भन्दा केही घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो शनिबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८.२ डिग्री सेल्सियस थियो।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।
शनिबार यस्तो थियो तापक्रम सूची

Shares

प्रतिक्रिया