होर्मुज स्ट्रेटमा दुई वटा भारतीय जहाजमाथि आक्रमण भएको छ। हर्मुजलाई फेरि खोलिँदै गर्दा भारतीय जहाजमाथि गोलाबारी भएको हो।
जहाज आफ्नो मार्गमा चलिरहँदा इरानको इस्लामिक रिभुलुस्नरी गार्ड क्रप्सले आफ्नो मार्गबाट हट्न आदेश दिएको थियो। बीबीसीका अनुसार ठिक त्यही बेला गोलाबारी गरिएको थियो।
भारतले आफ्ना झण्डा फहरराइरहेका जहाजमा आक्रमण भएकोप्रति गम्भीर आपत्ति जनाएको छ। भारतका लागि इरानी राजदूत समक्ष आफ्नो सरोकार प्रस्टसँग बताएको छ।
शनिबार विदाकै दिन परे पनि विदेश मन्त्रालयले राजदूतलाई बोलाएर आक्रमणप्रति चिन्ता व्यक्त गरेको हो। यसअघि भारततर्फ आउने जहाज सुरक्षित रुपमा आउँथेँ।
आक्रमणपछि ती जहाज आफ्नो बाटो परिवर्तन गर्न बाध्य भएका थिए। राजदूत समक्ष भारतले उसको यो सरकार तत्काल इरान सरकार समक्ष पुर्याउन भनेको छ।
Shares

प्रतिक्रिया