ad ad

समाज


इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला

इजरायलका लागि चिनियाँ राजदूत डु वे मृत फेला

नेपालखबर
जेठ ४, २०७७ आइतबार ७:४८,

आइतबार तेल अभिभ शहरको आफ्नै अपार्टमेन्टमा ५८ वर्षका राजदूत डु वे मृत फेला परेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

उनको मृत्युको कारण भने पत्ता लाग्न नसकेको प्रहरीले बताएका छन्। यस विषयमा अनुसन्धान भइरहेको छ।

उनी गत फेब्रुअरीमा मात्र इजरायलका लागि चिनियाँ राजदूत नियुक्त भएका थिए। इजरायलमा उनी परिवारसँग भने थिएनन्।

राजदूतमा नियुक्त भएसँगै उनी कोरोना प्रकोपबीच नै इजरायल आएका थिए। उनी १४ दिन क्वारेन्टिनमा बस्नु परेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .