ad ad

समाज


डा. कार्कीलाई नागढुंगामा दुर्व्यवहार गर्ने युवा पक्राउ

डा. कार्कीलाई नागढुंगामा दुर्व्यवहार गर्ने युवा पक्राउ

नेपालखबर
जेठ ४, २०७७ आइतबार ७:४१,

राजधानी आउँदै गरेका चिकित्सकलाई काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं आउँदै गरेका वागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशाला निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा चन्द्रागिरीका उत्तम कार्कीलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले नेपालखबरलाई बताए।

कार्कीले चिकित्सकलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।

ती युवाले आफूलाई स्थानीय स्वयंसेवी बताउँदै सो नाकाबाट आउने व्यक्तिहरुको चेकजाँच गरेको दाबी गरेका थिए।

डा. कार्कीले आफूलाई वागमती प्रदेशको जनस्वास्थ्य प्रयोगशाला निर्देशकको रुपमा परिचित गराएपछि पनि उनका झोला, ल्यापटप लगायतका सामग्री एकएक गरी खोजतलास गरेका थिए।

त्यसो गरिसकेपछि पनि उनले डा. कार्कीलाई किन मास्क नलगाएको भनी गाली गरेको भिडियोमा देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .