समाज


कोरोना भाइरसबाट संक्रमित बनेका बिरामीमा रगत प्रवाह नहुने खतरा

कोरोना भाइरसबाट संक्रमित बनेका बिरामीमा रगत प्रवाह नहुने खतरा

नेपालखबर
जेठ ४, २०७७ आइतबार ७:३५,

कोरोनाले गम्भीर बिरामी बनेकाको शरीरमा रगत प्रवाह रोकिँदा धेरैले ज्यान गुमाएको हुनसक्ने विज्ञहरु बताउँछन्।

हाल विश्वव्यापी रुपमा कोरोना महामारीको प्रकोप छ। विश्वभर नै कोरोनाबाट मानिसहरु आक्रान्त बनेका छन्।

कोरोनाले लाखौं संक्रमित छन् भने लाखौंको मृत्यु भइसकेको छ। गत मार्चमा चिकित्सकहरुले कोरोनाले ग्रस्त बनेका मानिसहरुमा रगत प्रवाह नहुने धेरै घटना देखेपछि यसबारेमा विज्ञहरु सजग बनेका थिए।

मानिसको शरीरमा चोट लागे शरीरबाट रगत बाहिर बग्न नदिन हाम्रो शरीरको रक्तनलीमा ‘ब्लडकट’ पैदा हुन्छ। जसले घाउ पुरेर रगत बग्न दिँदैन।

उक्त ब्लडकट ठूलो बन्यो भने त्यसले रगत प्रवाह हुन अप्ठेरो हुन्छ। तर कोरोनाले गम्भीर बिरामी परेका मानिसमा कुनै चोटबिनै ब्लडकटहरु फेला परेको छ। जसले रगत जम्ने खतरा देखिएको जनाइएको छ।

फोक्सो तथा शरीरका विभिन्न रक्तनलीमा ब्लडकट देखिएको वैज्ञानिकहरु बताउँछन्। हाल विज्ञहरुयस विषयमा अनुसन्धान गरिरहेका छन्। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad