समाज


पछिल्लो २४ घण्टामा विपद्का २० घटना, पाँच जना घाइते

पछिल्लो २४ घण्टामा विपद्का २० घटना, पाँच जना घाइते

नेपालखबर
बैशाख ५, २०८३ शनिबार १४:३०, काठमाडौँ

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न भागमा आगलागी, वन डढेलो र सर्पदंशका २० वटा घटनाहरू भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार यी घटनामा मानवीय क्षति नभए पनि पाँच जना घाइते भएका छन् भने लाखौँको धनमाल नष्ट भएको छ। रामेछापको खाँडादेवी गाउँपालिका-४ मा विद्युत सर्ट भई एकै घरमा १५ लाख बराबरको सरसामान नष्ट भएको छ। 

यस्तै, सुनसरीको बराहक्षेत्र-७ मा भएको आगलागीमा पाँच लाख ६० हजारको धनमाल जलेर नष्ट भएको छ। नवलपरासी (पश्चिम), पर्वत र झापामा पनि आगलागीले ठूलो क्षति पुर्‍याएको छ। 

रौतहटमा गुडिरहेको स्कार्पियो गाडीको इन्जिनमा आगलागी हुँदा गाडीमा क्षति पुगेको छ। गर्मी बढ्दै जाँदा वन डढेलोको जोखिम पनि बढिरहेको छ। 

मकवानपुर, नवलपरासी (पूर्व) र पाल्पाका विभिन्न सामुदायिक वनमा डढेलो लागेको छ। प्राधिकरणको रिपोर्टअनुसार डढेलो नियन्त्रणका लागि स्थानीय समुदायसँगै सुरक्षा निकाय परिचालन गरिएको छ। 

सर्पदंशका कारण झापा, पाल्पा र बर्दियामा तीन जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सुर्खेतमा वनमा चराउन लगिएका २१ मध्ये पाँच बाख्रा मरेका छन् भने सात घाइते अवस्थामा फेला परेका छन्। 

सबै घटनामा स्थानीय समुदाय, प्रहरी र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। प्राधिकरणले आगलागी र डढेलोबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad