समाज


उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, साइकलयात्रीको पनि ज्यान गयो

उदयपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, साइकलयात्रीको पनि ज्यान गयो

फाइल तस्बिर


नेपालखबर
बैशाख ५, २०८३ शनिबार १३:२८, काठमाडौँ

उदयपुरमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्।

चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको र मोटरसाइकलले साइकललाई ठक्कर दिँदा अर्का एकको मृत्यु भएको हो।

काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख ०३७५ नम्बरको ट्रकले रामपुरबाट बेल्टारतर्फ आउँदै गरेको प्र १–०५–००२ प १६०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा उदयपुरकै बेलका नगरपालिका–६ लामिडाँडा निवासी ४० वर्षीय गजुरमान राई छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका गजुरमानलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको हो।  मोटरसाइकल पछाडि बसेकी गजुरमानकी बहिनी ३५ वर्षीया शान्ति राई दुर्घटनामा गम्भीर घाइते भएकी छन्। 

दुर्घटनापछि ट्रक चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। 

त्यसैगरि उदयपुरको बेलका नगरपालिका–१ आम्बासी कालिखोलामा मोटरसाइकलले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ। 

दुर्घटनामा चौदण्डीगढी नगरपालिका–४ बसाहा नमुना टोलका ६० वर्षीय घलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

फत्तेपुरबाट शनिबारेतर्फ जाँदै गरेको प्र.१–०५–००१ प ५७३८ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा भुजेल गम्भीर घाइते भएका थिए। 

 उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन्। 

मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad