समाज


बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षण, रिपोर्ट आज आउँदै

बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवाको कोरोना परीक्षण, रिपोर्ट आज आउँदै

नेपालखबर
जेठ ४, २०७७ आइतबार ६:२६,

बाँकेको क्वोरन्टिनमा मृत्यु भएका युवा ५ दिन पहिले भारतबाट फर्किएको खुलासा भएको छ।

भारतबाट वैशाख ३० गते नेपाल फर्किए लगतै उनलाई बाँकेको नरैनापुर गाउँपालिका–५को भगवानपुरस्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा राखिएको थियो। उनको आइतबार बिहान साढे ६ बजे अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

उनी क्वारेन्टिनमा आउने बेलादेखि नै बिरामी रहेको नैनापुर गाउँपालिका वडा नं ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्यले बताए।

उनले भने, ‘उसले क्वारेन्टिनमा वान्ता गरेको रहेछ, क्वारेन्टिन व्यवस्थापन समितिले समयमा उपचार नगर्दा यस्तो दुखद घटना भयो।’

उनको कोरोना परीक्षणका लागि शनिबार स्वाव संकलन गरिएको र आइतबार रिपोर्ट आउने गाउँपालिका प्रमुख इस्तियाक अहमद शाहले बताए। ८ महिना पहिले ती युवा रोजगारीका लागि भारत गएका थिए।

उनको कोरोनाकै कारण ज्यान गएको हो वा होइन भन्ने रिपोर्ट आएपछि थाहा हुने अध्यक्ष शाहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad