अमेरिकामा कोरोना संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या अन्य देशभन्दा निकै बढी छ।
अमेरिकामा कोरोनाको परीक्षण र उपचार तीव्र गतिमा बढाइएको छ। यद्यपी त्यहाँ कोरोनाको प्रभाव घट्न सकेकोछैन।
शनिबार मात्र अमेरिकामा २५ हजार ६० नयाँ कोरोना संक्रमित भेटिए। सोही अवधिमा अमेरिकामा कोरोनाका कारण १२ सय २४ को मृत्यु भएको छ।
जोन्स हपकिन्स युनिभर्सिटीका अनुसार हालसम्म अमेरिकामा कोरोनाबाट १४ लाख ६७ हजार ८८४ जनामा कोरोनाको पुष्टि भएको छ। संक्रमितमध्ये ८८ हजार ७५४ को मृत्यु हुँदा ३ लाखभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।
हालसम्म पनि कोरोनाको खोप तथा औषधि बन्न सकेकोछैन। औषधि र खोप परीक्षणकालमै छन्।

प्रतिक्रिया