समाज


लागुऔषधसहित २४ जना पक्राउ

लागुऔषधसहित २४ जना पक्राउ

नेपालखबर
बैशाख ४, २०८३ शुक्रबार १४:१०, काठमाडौँ

प्रहरीले देशका विभिन्न ठाउँबाट लागुऔषधसहित २४ जनालाई पक्राउ गरेको छ।

काठमाडाैँको टोखा नगरपालिका–८ बानियाटारबाट  ब्राउनसुगरसहित दुई, भक्तपुर नगरपालिका–१० भत्केकोपाटीबाट एक, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट एक र सोही उपमहानगरपालिकाको त्रिनगर ब्यारेलबाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरि कैलालीको गोदावरी नगरपालिका–१ बाट खैरो हेरोइनसहित एक, चितवनको रत्ननगर नगरपालिका–११ बटर टोलबाट एक,  रूपन्देहीको बुटवल उपमहानगरपालिका–११ हात्तीसुडबाट दुई, झापाको कनकाई नगरपालिका–३ सुरूङगाबाट पाँच  र सोही नगरपालिकाको टप्पु चोकबाट दुई जना पक्राउ परेका छन्।

यसैगरी, मोरङको विराटनगर महानगरपालिका–११ बाट दुई, तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट दुई र दाङको राप्ती गाउँपालिका–१ बाट दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad