समाज


भारतीय पासपोर्ट देखिएपछि डा. तुषार सरवजनाको लाइसेन्स खारेज

भारतीय पासपोर्ट देखिएपछि डा. तुषार सरवजनाको लाइसेन्स खारेज

नेपालखबर
बैशाख ३, २०८३ बिहिबार १८:२८, काठमाडौँ

नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको लाइसेन्स खारेज गरेको छ। काउन्सिलले डा. सरवजनाको नाममा रहेको अस्थायी दर्ता (एमबीबीएस) र विशेषज्ञ दर्ता (एमडी, अप्थाल्मोलोजी) दुवै लाइसेन्स खारेज गर्ने निर्णय गरेको हो। 

काउन्सिलको दर्ता समितिको निर्णयअनुसार, डा. सरवजनाको लाइसेन्स खारिज गरिएको काउन्सिलका रजिस्ट्रार डा. सतिसकुमार देवले बताए। डा. सरवजनाले भारतको राहदानीका आधारमा अध्ययन गरेको देखिएकाले उनको लाइसेन्स खारेज गरिएको रजिस्ट्रार देवको भनाइ छ।

‘भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतीय गणराज्यको पासपोर्टबाट फरिजन नेसनलअन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता (तुषार सरवजना दर्ता नं. ३५१४२ को लाइसेन्स) खारेज गर्ने निर्णय भयो,’ काउन्सिलको निर्णयमा भनिएको छ। 

डा. सरवजनाले स्थायी दर्ताका लागि काउन्सिलमा निवेदन दिएका थिए। स्थायी दर्ताका लागि बुझाएका कागजात अध्ययन गर्दा उनीसँग भारतको पासपोर्ट र नेपाली नागरिकता (वंशज) रहेको देखिएको हो। 

त्यस्तै, काउन्सिलले उनको अध्ययनबारे पनि बुझेको थियो। उनले विदेशी नागरिकका रुपमा एमबीबीएस अध्ययन गरेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले काउन्सिलमा पत्र पठाएको थियो।

नागरिकताबारे अध्ययन गर्दा गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयले पनि जानकारी पठाएको थियो। जसअनुसार, उनले २०७८ मंसिर २८ गते वंशजका आधारमा नागरिकता प्रमाणपत्र जारी भएको देखिएको छ। 

यस्तै, भारतको नेसनल मेडिकल काउन्सिलमा पनि उनले लाइसेन्स लिएको पाइएको छ। यी सबै अध्ययनपछि काउन्सिलले डा. सरवजनाको लाइसेन्स दर्ता खारेज गर्ने निर्णय भएको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad