समाज


राशिफल २८ चैत : मेषको व्यक्तित्वमा निखार आउने, कन्या अधिकार प्राप्तिको प्रतिस्पर्धामा विजयी, तपाईँको के?

राशिफल २८ चैत : मेषको व्यक्तित्वमा निखार आउने, कन्या अधिकार प्राप्तिको प्रतिस्पर्धामा विजयी, तपाईँको के?

ज्यो. मेनुका दाहाल
चैत २८, २०८२ शनिबार ४:४२, काठमाडौँ

आज शनिबार, २८ चैत २०८२ (११ अप्रिल २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ। काम गर्ने जोस, जाँगर र उमङ्ग बढ्नेछ। आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृष: अध्ययनमा रुचि बढ्नेछ। महिला वा मित्रले विशेष सहयोग गर्ने छन्। कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। कार्य क्षेत्रमा अरूले गरे/भनेका कुरामा चित्त नबुझ्न सक्छ। संयमता अपनाउनु नै बुद्धिमानी हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: आँटेको काममा फाइदा मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। मनोरञ्जनमा सहभागी भइएला। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। बोलीवचनमा संयमता अपनाउनु पर्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ७०, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

कर्कट: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अतः सचेत रहनुहोला। दबाब र तनाव बढेको महसुस हुनेछ। जिद्दीपनले गर्दा काम बिग्रने डर छ। साँझमा शुभ समाचार मिल्नेछ। मन्त्र- सानो कदमले ठूलो यात्रा सुरु गर्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ६५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

सिंह: धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ। कसैले लगेको धन फिर्ता गर्न आउनेछन्। धार्मिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। ज्ञान र अध्यात्मको भावना बढ्नेछ। मन्त्र- असफलता पनि सिकाइ हो।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

कन्या: अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। नयाँ कामको सुरुआत हुनेछ। शुभ समाचार सुन्न पाइएला। रोकिएका काम सुचारु हुने छन्।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ४९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: आँटे-ताकेको पूरा होला। शुभकार्यको चर्चा चल्नेछ। रोकिएका काम पुनः सुरु हुने छन्। नसोचेको ठाउँबाट धनागम हुनेछ। कला तथा प्रविधिको क्षेत्रमा उन्नति हुने देखिन्छ। कुनै कुराले मनमा शान्ति छाउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक: किनमेल गर्दा सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। आफूले ठिक मानेर गरेको काममा आफैँलाई सन्तुष्टि मिल्ने छैन। तीर्थाटनको योग छ। मन्त्र- मेरो सोच नै मेरो शक्ति हो।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

धनु: धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। सुरु गरेका काम सम्पन्न हुनेछन्। तर बोलीवचनमा संयम राख्नुपर्ने देखिन्छ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ। तपाईँको लगनशीलतालाई भित्रभित्रै मन पराइएको अवस्था हुन्छ।

भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: समाजसेवामार्फत लोकमा प्रसिद्ध भइनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै हात पर्नेछ। प्रेमी/प्रेमिकाबाट सुख मिल्नेछ। पर्यटकीय भ्रमणले थप ऊर्जा प्रदान गर्नेछ। मन्त्र- धैर्यताले सही समय ल्याउँछ।

भाग्यशाली रङ पहेँलो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मीन: स्वास्थ्यप्रति सजग रहनुहोला। काममा अवरोध सृजना हुनसक्ने सम्भावना रहेकोले सङ्घर्षको सामना गर्नुपर्नेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ। साँझमा दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad