कला


रिलिजअगावै थलापति विजय अभिनीत फिल्म ‘जन नायकन’ अनलाइनमा लिक

रिलिजअगावै थलापति विजय अभिनीत फिल्म ‘जन नायकन’ अनलाइनमा लिक

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १५:३०, काठमाडौँ

थलापति विजय अभिनीत दक्षिण भारतीय फिल्म ‘जन नायकन’ रिलिजअगावै अनलाइन लिक भएको छ। फिल्मको केही महत्वपूर्ण दृश्यहरू बिहीबारदेखि सामाजिक भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

विशेषगरी विजयको इन्ट्रो सिनदेखि टाइटल कार्ड तथा गीतका केही भाग सामाजिक सञ्जालमा छ्यापछ्याी भेटिन्छन्। उक्त सामाग्री कसरी बाहिरियो भन्ने विषयमा आधिकारिक पुष्टि नभए पनि सम्पादन चरणबाट लिक भएको अनुमान गरिएको छ। 

जसले फ्यानहरूमा चिन्ता बढाएको छ। फिल्म लिक भएपछि सामाजिक सञ्जालमा फ्यानहरूले कडा प्रतिक्रिया दिएका छन्। धेरैले फिल्मको सामग्री सेयर नगर्न अपिल गरेका छन् र निर्मातालाई दोषीमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्।

यो फिल्म  यसअघि जनवरी ९ मा रिलिज हुने तयारी थियो। तर अहिले फिल्मको रिलिज अनिश्चित अवस्थामा छ। रिपोर्टहरूका अनुसार निर्माताहरू र केन्द्रीय फिल्म प्रमाणन बोर्डबीचको समस्याले फिल्मको रिलिज रोकिएको हो।

५१ वर्षीय विजयको ‘जन नायकन’ अन्तिम फिल्म हुनेछ। किनकी केहीअघिमात्रै उनले अभिनयबाट सन्यास लिएर पूर्णरुपमा राजनीतिमा सक्रिय हुने घोषणा गरिसकेका छन्। सन् २०२६ को तमिलनाडु विधानसभा चुनावमा लड्ने उनको तयारी छ।

यस फिल्ममा थलापति विजयसँगै पूजा हेगडे, बबी देओल, प्रकाश राज, प्रियामणि, नारायण, ममिता बैजुलगायतको अभिनय छ। एच विनोथ निर्देशित यो फिल्म हिन्दीमा भने ‘जन नेता’ शीर्षकका आउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad