समाज


कोरोनाले चीनभन्दा बढी प्रभावित बन्यो भारत

कोरोनाले चीनभन्दा बढी प्रभावित बन्यो भारत

नेपालखबर
जेठ ३, २०७७ शनिबार ७:१०,

हालसम्म चीनमा ८२ हजार ९४१ मा कोरोनाको संक्रमण पुष्टि भएको छ। भारतमा भने ८५ हजार ९४० मा कोरोनाको संक्रमण पुष्टि भएको छ।

पछिल्लो समय चीनमा कोरोनाको प्रभाव घट्दा भारतमा बढ्दै गएको छ। चीनका मुख्य शहरहरुमा लगाइएको प्रतिबन्ध गत अप्रिल महिनाबाट खुला गरिएको छ। तर भारतमा हालसम्म पनि लकडाउन जारी छ।

यद्यपी मृतक संख्यामा भने चीननै अगाडि छ। चीनमा ४ हजार ६३३ को मृत्यु भएको छ भने भारतमा २ हजार ७५३ को मृत्यु भएको छ।

यसैगरी कोरोना संक्रमितमध्ये चीनमा ७८ हजार २१९ उपचारपछि स्वस्थ बनेका छन् भारतमा ३० हजार २५८ उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad