समाज


नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा पल्टिँदा २६ जना घाइते

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा पल्टिँदा २६ जना घाइते

नेपालखबर
चैत २७, २०८२ शुक्रबार ८:४९, काठमाडौँ

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस  सडकबाट तल खस्दा २६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र सिंहले जानकारी दिए। 

दुर्घटना लगत्तै प्रहरीले यात्रुको उद्धार गरेको थियो। 

घाइतेमध्ये १७ जनाको चन्द्रौटास्थित सञ्जीवनी अस्पतालमा तथा तीन जनाको आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार अन्य ६ जनाको बुटवलमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad