समाज


बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु, २ घाइते

नेपालखबर
चैत २६, २०८२ बिहिबार ५:०, जुम्ला

जुम्लाको हिमा गाउँपालिकाबाट बिरामी लिएर नेपालगन्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिकाको मेयर खोलानजिक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बुधबार राति ८ बजेतिर दुर्घटना हुँदा एम्बुलेन्स चालक हिमा गाउँपालिका-७ मर्चीगाउँका २६ वर्षीय शक्ति शाही र सोही गाउँपालिका-६ पाथरखोलाका ३२ वर्षीय भीमबहादुर अधिकारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी गणेश ज्ञवालीले जानकारी दिए।

दुर्घटनामा दुई जना घाइते भएका छन्। घाइते हुनेमा सोही गाउँपालिकाका लोकेन्द्र शाही र अक्कल अधिकारी रहेको र दुवै जनाको उपचार जिल्ला अस्पतालमा भइरहेको सूचना अधिकारी ज्ञवालीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad