छापा खबर


लकडाउनमा पनि यसरी हुँदैछ पूर्व-पश्चिम रेल मार्ग निर्माण

लकडाउनमा पनि यसरी हुँदैछ पूर्व-पश्चिम रेल मार्ग निर्माण

नेपालखबर
जेठ ३, २०७७ शनिबार १:४७,

कोरोना भाइरस (कोभिड-१९) का कारण भएको बन्दाबन्दीबीच पनि पूर्व–पश्चिम विद्युतीय रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा रेल मार्ग निर्माण कार्य जारी छ।

पूर्व-पश्चिम विद्युतीय रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर र धन्सार-बाग्मती तथा जयनगर–जनकपुर–कुर्था क्षेत्रमा काम भइरहेको रेल विभागले जनाएको छ। यो खबर आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।

विभागका अनुसार रेल मार्ग निर्माण अन्तर्गत ट्रयाक बेड निर्माण, पुल निर्माण तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको छ। सामाजिक दूरी कायम गर्दै विकास निर्माणलाई निरन्तरता दिने निर्णय सरकारले गत चैत २० गते गरेको थियो।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बन्दाबन्दीमा सरकारले दिएको निर्देशन तथा सुरक्षाको पालना गर्दै स्थानीय प्रशासनको अनुमति लिएर निर्माण कार्य सुरु गरेको थियो।

पूर्व–पश्चिम रेल मार्ग र जयनगर-जनकपुर–कुर्था रेल मार्ग अन्तर्गत काम जारी छ । स्थानीय प्रशासन, सुरक्षा निकायको सहयोग र सहजीकरणमा रेल मार्ग निर्माणको काम अगाडि बढाइएको मिश्रले बताए।

पूर्व–पश्चिम रेल मार्ग अन्तर्गत बर्दिबास–निजगढ खण्डमा पर्ने रौतहटको सन्तपुर क्षेत्रमा ट्रयाक बेड तथा सोमा पर्ने मुख्य र सहायक संरचनाको काम भइरहेको बताउँदै महानिर्देशक मिश्रले बर्दिबास–निजगढ खण्डलाई विभिन्न आठ खण्डमा विभाजन गरी काममा निरन्तरता दिइएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad