अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालको लागि एम्बासडर’ घोषणा गरेको छ।
न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले सामाजिक सञ्जालमार्फत खम्बूलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो। बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिशा खम्बूलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ।
यससँगै ३४ वर्षीया खम्बू नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन्। उनको चेसमा दुई दशक बढी यात्राको कथा पोस्ट गर्दै गिफ्ट अफ चेसले खम्बूको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ।
सन् २०२० मा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन् २०३० सम्म विश्वभरि १० लाख चेस सेट वितरण गर्ने अभियानमा छ। अहिलेसम्म ७० देशमा दुई लाख चेस सेट वितरण गरिसकेको जनाएको छ।
Shares

प्रतिक्रिया