समाज


एपीएफ स्कुलकी लेखा अधिकृत गुरुङ र एमडीका सञ्चालक तामाङविरुद्ध १० दिन म्याद थप

एपीएफ स्कुलकी लेखा अधिकृत गुरुङ र एमडीका सञ्चालक तामाङविरुद्ध १० दिन म्याद थप

नेपालखबर
साउन १०, २०८३ आइतबार १६:५९, काठमाडौँ

भ्रष्टाचार आरोपमा पक्राउ परेकी एपीएफ स्कुल, कीर्तिपुरकी लेखा अधिकृत एवं सशस्त्र प्रहरी निरीक्षक कल्पना गुरुङ र एमडी एडभेन्चर टुर्स एण्ड ट्राभल्सका सञ्चालक लिलाबहादुर तामाङलाई थप १० दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेले अनुसन्धानका लागि म्याद थपको अनुमति माग गरेपछि विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले १० दिनको म्याद थप गरेको हो।

असार २० गते पक्राउ परेका दुवै आरोपी विरुद्धको यो पाँचौँ पटकको म्याद थप हो। उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन अन्तर्गत अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ र १७ बमोजिमको कसुर अपराधको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

उनीहरूलाई गत असार २० गते जिल्ला प्रहरी परिसरले पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो।

त्यसपछि जिल्ला सरकारी वकील कार्यालय र जिल्ला प्रहरी परिसर, भद्रकालीको पत्रसाथ साउन ८ गते उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पेस गरिएको थियो।

अदालतको पछिल्लो आदेशअनुसार दुवै आरोपीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad