जिल्ला प्रहरी कार्यालय सिन्धुलीले चारनाल भरुवा बन्दुक बरामद गरेको छ।
प्रहरी निरीक्षक विमल खतिवडाकाअनुसार फिक्कल गाउँपालिका-१ महादेव डाँडाबाट चारनाल भरुवा बन्दुक बरामद भएको हो।
प्रहरी चौकी श्रामखोलाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको चारजनाको टोलीले फिक्कल गाँपालिका-१ महादेब डाँडाको जंगलमा लुकाएर राखेको अवस्थामा बन्दुक बरामद भएको खतिवडाले बताए।
घटनाका सम्बन्धमा थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।
144
Shares

प्रतिक्रिया