राजनीति


परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रशिक्षण

परराष्ट्र मामिला र कूटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई प्रशिक्षण

नेपालखबर
चैत २५, २०८२ बुधबार १४:३८, काठमाडौँ

परराष्ट्र मन्त्रालयले ‘परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिता’ का विषयमा संघीय सरकारका मन्त्रीलाई प्रशिक्षण दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रीहरूलाई जानकारी गराएका थिए। राईले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताबारे प्रस्तुती दिएको प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्। 

राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्द्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुती दिएका थिए। सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराएका थिए। 
नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षमा उनले जोड दिएका थिए। साथै, विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूलाई जानकारी गराइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad