काठमाडौं उपत्यकामा दिनदिनैजसो कोरोना संक्रमति भेटिन थालेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) पनि काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि हिजै (बिहीबार) मात्र काठमाडौंको दहचोकका ७ वर्षकै बालक र चन्द्रागिरिका ३२ वर्षीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यस्तै यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित ठहर भएका थिए।
यसरी काठमाडौं उपत्यकामा मंगलबारदेखि शुक्रबारसम्म ४ दिनभित्र ६ जना काेराेना संक्रमित फेला परेका छन्।
याे पनि: काठमाडौं महानगरपालिकाका २७० सफाइकर्मीलाई कोरोना आशंका, पीसीआर परीक्षण गरिँदै
नेपालमा कूल संक्रमित २६७
शुक्रबारसम्म देशभर कोरोना संक्रमितको संख्या २६७ पुगेको छ।
स्वास्थ्य तथा जसंख्या मन्त्रालयका अनुसार आज (शुक्रबार) काठमाडौंका ७ वर्षीय बालकसहित एकै दिन १८ संक्रमित फेला परेका हुन्। यीसमेत गरेर अहिलेसम्म जम्मा संक्रमितको संख्या २६७ पुगेको हो। तर यीमध्ये ३३ जना निको भइसकेका छन्।
Shares

प्रतिक्रिया