समाज


गुन्डागर्दी आरोपमा काठमाडौँमा गिरफ्तार ‘किमजोङ’सहित यी हुन् १३ जना (नामावली)

गुन्डागर्दी आरोपमा काठमाडौँमा गिरफ्तार ‘किमजोङ’सहित यी हुन् १३ जना (नामावली)

सुरेश गुरुङ भन्ने किमजोङ (फाइल फोटो)


नेपालखबर
चैत २१, २०८२ शनिबार ९:३८, काठमाडौँ

प्रहरीले गुन्डागर्दीविरुद्ध ‘काठमाडौँ सेफ्टी अपरेसन’ सुरु गरेको छ।

यस क्रममा गएराति प्रहरीले गुन्डागर्दीमा संलग्न आरोपमा काठमाडौँका विभिन्न स्थानबाट १३ जनालाई नियन्त्रणमा लिएको छ।  

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार गिरफ्तार १३ व्यक्ति यी हुन्: 

१. सञ्जीव लामा (काभ्रेपलाञ्चोक नमोबुद्ध-१ घर भई हाल बानेश्वर, बत्तीसपुतली बस्ने)  

२. अशोक गिरी (सिन्धुपाल्चोक मेलम्ची-७ घर भई हाल काठमाडौँको तारकेश्वर नगरपालिका, मनमैजु इन्द्रपुल बस्ने)

३. वकिल बम (कालीकोट पतला गाउँपालिका घर भएका)

४. सुरेश गुरुङ भन्ने किमजोङ (खोटाङ ऐसलुखर्क गाउँपालिका-१ घर भई हाल बुढानीलकण्ठ-३, कपन बस्ने)

५. सञ्जीव राई (खोटाङको ऐसलुखर्क गाउँपालिका-२ घर भई हाल कपन बस्ने)

६. राजकुमार तामाङ (काभ्रे पाँचखाल-४ घर भएका)

७. विनोद ठकुरी (काभ्रे मण्डनदेउपुर-११ घर भई हाल बुढानीलकण्ठ-१०)

८. शेर्पा लामा (काभ्रे चुरीदेउराली-७ घर भएका)

९. राहुल राई (खोटाङ केपिलासगढी घर भई हाल बुढानीलकण्ठ) 

१०. समेश तामाङ (घर : नुवाकोट दुप्चेश्वर-४, हाल : बुढानीलकण्ठ-११)

११. सुनबहादुर तामाङ (घर : नुवाकोट शिवपुरी गापा-५, हाल : बुढानीलकण्ठ-१०, बालुवाखानी)

१२. महेश महत (ललितपुर महाङ्काल)

१३. वीरबहादुर लामा (घर : काभ्रे मण्डनदेउपुर नपा-१०, हाल : बुढानीलकण्ठ-१०) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad