कोरोना संक्रमणपछि कोशी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय युवा निको भएर घर फर्केका छन्।
शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्तिम रिपोर्ट पनि नेगेटिभ आएपछि २७ औँ दिनमा ती युवा डिस्चार्ज भएको जानकारी दिए।
यी युवा डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको संख्या ३६ पुगेको उनले जानकारी दिए।

प्रतिक्रिया