राजनीति


कांग्रेसले सरकारलाई भन्यो : पछिल्लो २४ घन्टामा हजारौं नेपाली सीमामा आइपुगे, प्रवेश देऊ

कांग्रेसले सरकारलाई भन्यो : पछिल्लो २४ घन्टामा हजारौं नेपाली सीमामा आइपुगे, प्रवेश देऊ

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ९:१८,

नेपाली कांग्रेसले पछिल्लो २४ घण्टामै थप हजारौं नेपाली भारतसँगको सीमा क्षेत्रमा आइपुगेको र तीसहित सीमामा अल्पत्र नेपालीहरुलाई नेपाल आउन दिन सरकारसँग माग गरेको छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो २४ घन्टामा हजारौं नेपाली सीमामा आइपुगेको विवरण सो पार्टीको केन्द्रीय कार्यालयमा प्राप्त भएको जनाएको छ।

धेरै हप्तादेखि भारत सँगको बिभिन्न सीमा नाकामा अलपत्र परेका हजारौं संख्यामा रहेका नेपाली नागरिकलाई तत्काल नेपाल प्रवेश गर्न दिनुपर्ने सो पार्टीले माग गरेको छ।

‘भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउनेबारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने खाने—बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुने कांग्रेसले जनाएको छ।

‘अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात सुरक्षित रूपमा घर पुर्‍याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लुकिछिपी प्रवेश गरेकाहरुबाट संक्रमण फैलिएको हुँदा सतर्कता र उच्च मानवीय भावना साथ काम गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad