प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट व्यक्तिको तस्बिर बिगारेर सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुलीको तिनपाटन गाउँपालिका १ बेलघारीका २२ वर्षीय तोरणराज पौडेल रहेका छन्। उनलाई विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान अगाडि बढाउन जिल्ला अदतल काठमाडौंले ५ दिनको म्याद दिएको छ।
उनले सार्वजनिक नैतिकता, शिष्टाचार बिरुद्धको सामग्री प्रकाशन गरी घृणा फैल्याउने उदेश्यले गैरकानुनी काम गरेको साइवर व्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।

प्रतिक्रिया