समाज


करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

करेन्ट लागेर एक जनाको मृत्यु, दुई जना घाइते

सांकेतिक तस्बिर


नेपालखबर
चैत १९, २०८२ बिहिबार २०:३४, मकवानपुर

बिजुलीको पोल गाड्ने क्रममा करेन्ट लागेर मकवानपुरगढी गाउँपालिका–२ मोरेमा आज एक जनाको मृत्यु भएको छ। उक्त घटनामा दुई जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार बिजुलीको पोलले विद्युतीय तार छुँदा करेन्ट लागेर स्थानीय राजकुमार गोलेको मृत्यु भएको हो। गम्भीर घाइते गोलेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। 

करेन्ट लागेर मकवानपुरगढी–२ मोरेका ३० वर्षीय राजकुमार स्याङतान र मकवानपुरगढी–७ सानडाँडाका ५५ वर्षीय मानबहादुर गोले घाइते भएका छन्। दुवै जनाको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad