ad ad

समाज


कालापानी क्षेत्रका दुई चौकीमा पुगे २१ जना प्रहरी

कालापानी क्षेत्रका दुई चौकीमा पुगे २१ जना प्रहरी

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ७:३६,

भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको क्षेत्रका दुई वटा चौकीमा नेपाल प्रहरीको टोली पनि पुगेको छ।

दुई वटा चौकीमा २१ जना प्रहरी पुगेका हुन्। १८ जना नेपाली सेनाको हेलिकोप्टरमा र ३ जना हुम्लिङबाट हिँडेरै त्यहाँ पुगेको दार्चुलाका प्रहरी प्रमुख डीएसपी पदमबहादुर बिष्टले बताए।

असईको नेतृत्वमा छांगरुको नितिकुण्ड (सितापुल सीमा नजिक) मा ९ जनाको प्रहरी चौकि शुक्रबारबाट बसेको छ्। सईको नेतृत्वमा १२ जना तिंकरमा रहनेछन्।

मौसम अनुकुल भए छांगरुबाट आइतबारसम्ममा टोली नितिकुण्ड जाने तयारीमा छ।

दार्चुला सदरमुकाम खलंगाबाट ८ पटकमा दुई सुरक्षाकर्मीको टोली र उनीहरुका लागि आवश्यक खाद्य तथा बन्दोबस्तीका सामग्री सेनाको हेलिकोप्टरमार्फत लगिएको हो।

छाङरुमा २५ जनाको सशस्त्र प्रहरीको टोली बुधबारबाटै बस्न थालेको छ।

यी दुई वटा प्रहरी चौकीका सुरक्षाकर्मी चिसो बढेसँगै फर्किने र चिसो कम भएपछि पुनः त्यो क्षेत्रमा जाने गरेका छन् ।

व्यासको छाङ्गरुको सीतापुल र तिकरको छियालेकमा बस्दै आएका प्रहरी टोली गत मंसिर र महिनामा चिसो छल्न व्यास गाउँपालिका वडा नं २ को दुम्लिङ झरेको थियो। व्यासको चीन ताक्लाकोट नजिकै रहेको छियालेक प्रहरी चौकी विसं २०२४ र छांगरुको सीतापुल प्रहरी चौकी विसं २०२७ मा स्थापना भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .