ad ad

राजनीति


कांग्रेसले विनोद चौधरीको संयोजकत्वमा बनायो लगानी, पूर्वाधार तथा रोजगार विशेष समिति

कांग्रेसले विनोद चौधरीको संयोजकत्वमा बनायो लगानी, पूर्वाधार तथा रोजगार विशेष समिति

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ७:९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उद्योगी तथा सांसद विनोद चौधरीको संयोजकत्वमा ‘लगानी पूर्वाधार र रोजगार दृष्टिकोण एवं दिगो परियोजना विशेष समिति’ गठन गरेको छ।

कांग्रेसको वैशाख १७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले कोरोनाले देशको विभिन्न क्षेत्रमा परेको असर अध्ययन गरी देशका लागि आवश्यक कार्य गर्न समिति गठन गर्ने निर्णय बमोजिम सभापति शेरबहादुर देउवाले सो समिति गठन गरेका हुन्।

सो समितिमा कांग्रेस निकट विभिन्न क्षेत्रका लगानिकर्ता र रोजगारदाताहरु रहेका छन्। विनोद चौधरी संयोजकत्वमा गठित उक्त समितिका सदस्यहरुमा दीपक खड्का, उमेश श्रेष्ठ, ईन्द्र बानियाँ, टेकबहादुर गुरुङ, कर्मा घले, जिपछिरिङ लामा, छत्र गिरि, सूर्यबहादुर केसी, मोहन आचार्य, तेजुलाल चौधरी, अनिल रुङ्गटा, बिष्णुबहादुर खड्का, पूर्णबहादुर तामाङ र खगेश्वर बोहरा रहेका छन्।

 सो समितिले कोरोनाका कारण नेपालको लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा परेको असरलाई तत्कालीन र दूरगामी रूपमा सम्बोधन गर्न सकिने नीतिबारे आवश्यक अध्ययनपश्चात् पार्टीको ‘अर्थतन्त्र केन्द्रीत बिशेष समिति’ लाई सुझाव दिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

त्यस्तै समितिले दीर्घकालीन रूपमा लगानी, पूर्वाधार र रोजगारको क्षेत्रमा दूरगामी दृष्टिकोण साथ दिगो परियोजनाहरुको परिकल्पना र कार्यान्वयनमा भूमिका निर्वाह गर्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .