एमाले कार्यकर्ताबाट दुर्ब्यबहरमा परेका ललितपुरका एक जेष्ठ नागरिकलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवासमा पुगेका छन्।
सरकारले आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा केही दिनअघि एमालेका कार्यकर्ताले ती वृद्धलाई दुव्र्यवहार गरेका थिए।
सडकमा सरकारका विरुद्ध नारा लगाउँदै हिँड्दा एमालेविरुद्ध नकारात्मक टिप्पणी गरेको आरोपमा ती जेष्ठ नागरिक माथि दुर्ब्यबहार भएको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो।
ती जेष्ठ नागरिकलाई दुर्ब्यबहार गरेको आरोपमा प्रहरीले राष्ट्रिय युवा संघका ललितपुर जिल्ला अध्यक्ष राम शरण शर्मा बजगाईँलाई पक्राउ गरिसकेको छ।
बजगाईँलाई हाल जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ।
युवा संघका ललितपुर जिल्ला अध्यक्ष पक्राउ
बजगाईँलाई पक्राउ गरेपछि गृहमन्त्री गुरुङले ती जेष्ठ नागरिकलाई मंगलबार साँझ उनकै निवासमा गएर भेटेका हुन्।
आफू पिडित हुँदा तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै ती जेष्ठ नागरिकले गृहमन्त्रीलाई धन्यवाद दिएका छन।
गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कदै गर्दा जेष्ठ नागरिकको निवास पुगेर ती वृद्धलाई भेटेका उनको सचिवालयले जनाएको छ।
ती जेष्ठ नागरिकमाथि भएको घटनाले आफु निदाउनसमेत नसकेको भन्दै गृहमन्त्री गुरुङले तुरुन्तै एक्सन लिएको बताएका छन्।
Shares

प्रतिक्रिया