धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित एक होटलमा आज एक युवतीको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार ढल्केबरमा सञ्चालित ‘जुन तारा स्टाप लाइन’ होटलमा पोखरा महानगरपालिका वडा नम्बर–१३, मियापाटीकी २३ वर्षीया जेनिसा विक मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए।
उनका अनुसार मुखबाट फिँज निस्किएको अवस्थामा विकको शव फेला परेको छ।
प्रहरीले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया (मुचुल्का) पूरा गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम पठाइएको छ।
घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिए। रासस

प्रतिक्रिया