समाज


लमजुङमा ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङका युवकको मृत्यु, २ घाइते

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङका युवकको मृत्यु, २ घाइते

फाइल तस्बिर


नेपालखबर
चैत १६, २०८२ सोमबार १४:८, लमजुङ

लमजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। 

मर्स्याङ्दी गाउँपालिका-९ पामचोकको भित्री सडकमा खुदीबाट भलामचौरतर्फ जाँदै गरेको ग.१ त ५६४६ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा ट्याक्टर चालक ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३३ वर्षीय सुजन राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बेंसीसहरस्थित प्रदेश अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। 

दुर्घटनामा २ जना घाइते छन्। 

घाइते हुनेमा ताप्लेजुङ घर भई मिदिम हाइड्रोपावरको ट्रान्समिसन लाइनमा कार्यरत ३२ वर्षीय दीपेश लिम्बू र ताप्लेजुङकै २६ वर्षीय सुमन राई छन्। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad