अपराध


जेनजी आन्दोलनमा भागेका युवक लागुऔषधसहित पक्राउ

जेनजी आन्दोलनमा भागेका युवक लागुऔषधसहित पक्राउ

नेपालखबर
चैत १६, २०८२ सोमबार १४:२०, काठमाडौँ

जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट भागेका युवकलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ। 

झापाको हल्दीबारी गाउँपालिका–१ का २८ वर्षीय अन्जान राईलाई लागुऔषधि ब्यररोको टोलीले काठमाडौँबाट पक्राउ गरेको हो। उनलार्य २५३ ग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको ब्युरोका प्रवक्ता दुर्गाराज रेग्मीले जानकारी दिए। 

यसअघि उनीमाथि चार वटा मुद्दा लागेका थिए। जसमा जिल्ला अदालत, काठमाडौँले ३१ वर्ष कैद र चार लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। 

उनी केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका थिए। तर, गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका थिए। 

उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने क्रममा थप चार जनालाई पनि पक्राउ गरिएको छ। उनीसँगै लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा झापाको विर्तामोड नगरपालिका–४ का ३२ वर्षीय सुवास भनिने दोर्जे तामाङ र काठमाडौँको टोखा नगरपालिका–३ का २४ वर्षीय राहुल डंगोललार्य पक्राउ गरिएको ब्युरोले जनाएको छ। 

उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरेर अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad