सर्वोच्च अदालतले कोरोना संक्रमण पत्ता लगाउन पीसीआर परीक्षणको दायरा बढाउन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डा मनोजकुमार शर्माको इजलासले बिहीबार सरकारलाई सो आदेश दिएको हो।
अन्तरिम आदेशमा भनिएको छ, ‘हालको परिस्थितिमा तत्काल रोग नियन्त्रण गरी आम नागरिकको जीवन रक्षा गर्नुपर्ने भएकोले पीसीआरको परीक्षणको दायरा बढाउने तर्फ र सोको अभाव नहुने तर्फ पहल गर्नु।’
अधिवक्ताद्वय कमल बहादुर खत्री र विरेन्द्रकुमार खत्रीले पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै सरकारविरुद्ध रिट दायर गरेका हुन्।

प्रतिक्रिया