समाज


खेतमा गाडा लगेको विषयमा दुई परिवारबीच झडप, एकको मृत्यु

खेतमा गाडा लगेको विषयमा दुई परिवारबीच झडप, एकको मृत्यु

नेपालखबर
जेठ १, २०७७ बिहिबार १०:३३,

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ४ गुलरी गाउँमा दुई परिवारबीच भएको विवादपछि झडप हुँदा एक जनाको ज्यान गएको छ।

खेतमा डल्लप (गाडा) लिएर गएका विषयमा शुरुमा दुई परिवारबीच गत बिहीबार विवाद भएको थियो। विवाद बढ्दै गएपछि झडप हुँदा घाइते भएका २८ वर्षीय ओमप्रकाश यादवको गए राति लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालयका चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिए।

घटनामा संलग्न भएको अरोपमा गुलरीका करिब ७० वर्षीय दुलारे अहिर र ४५ वर्षीय बलिकरण यादवलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक खरेलले बताए।

गाउँ नजिकैका खेतमा गाडा लगेका विषयमा सामान्य विवादपछि यादव परिवारबीच झगडा भएको शिवराज– ४ का वडाध्यक्ष सफिक अहम्मद मुसलमानले जानकारी दिए। घटनामा ६ जना सामान्य घाइते भएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad