गएको २४ घण्टामा रुसमा ९ हजार ९७४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
रुसमा लगातार ११ दिन दश हजारको संख्यामा कोरोना संक्रमित थपिएको थियो। लगातार १२ औं दिन बिहिबार पनि झन्डै १० हजारकै संख्यामा कोरोना संक्रमित भेटिएका हुन्।
यससँगै रुसमा हालसम्म कोरोना संक्रमण पुष्टि भएको संख्या २ लाख ५२ हजार २४५ पुगेको छ। त्यहाँ कोरोनाका कारण २३ सयको मृत्यु हुँदा ५३ हजार ५३० उपचारपछि स्वस्थ बनेका छन्। सिन्ह्वा
3
Shares

प्रतिक्रिया