समाज


ट्रम्पले भनेः महामारीविज्ञ एन्थोनी फाउचीको सुझाव मलाई स्वीकार्य छैन

ट्रम्पले भनेः महामारीविज्ञ एन्थोनी फाउचीको सुझाव मलाई स्वीकार्य छैन

नेपालखबर
जेठ १, २०७७ बिहिबार ८:८,

फाउची अमेरिकी सरकारका एक वरिष्ठ महामारीविज्ञ हुन्। उनले हालै अमेरिकामा कोरोनाविरुद्ध अपनाइएका उपाय चाँडै खुकुलो बनाए अमेरिकामा धेरै मानिसले ज्यान गुमाउने चेतावनी दिएका थिए।

अमेरिकाले चाँडै शैक्षिक संस्थाहरु खोल्न लागेको छ। फाउचीले विद्यालयहरुमा भीडभाड हुने भएकाले विद्यालय खोलिने विषयमा विचार गरिनुपर्ने बताएका थिए।

फाउचीले कोरोनाविरुद्धका उपायहरुलाई अमेरिकाले कोरोनाको खोप उपलब्ध नभइन्जेल निरन्तरता दिनुपर्ने धारणा राखेका थिए।

ट्रम्पले भने फाउचीको भनाई अस्वीकार्य भएको बताएका हुन्। ट्रम्पले विद्यालयहरु खोलिनुपर्ने विषयमा आफ्नो अडान राखेको बीबीसीले जनाएको छ।

ट्रम्पले विद्यालयमा अध्यापन गराईरहेका वृद्धवृद्धा शिक्षक शिक्षिकालाई विदा दिइनुपर्ने विषयमा मत राख्दै भनेका छन्,‘कोरोना भाइरसले पाका उमेर भएकाको स्वास्थ्यमा आक्रमण गर्छ।’

Coronavirus: Fauci to warn on risk of opening US economy too soon ...

एन्थोनी फाउची

उनका अनुसार बालबालिका र किशोर किशोरी कोरोनाबाट खतरामुक्त छन्। तर हालैका दिनमा कोरोना भाइरको लक्षणहरु परिर्तन भएको देखिएका छन्।

न्युयोर्कका बालबालिकामा कोरोना भाइरस संक्रमित बालबालिकामा डब्लूएचओले भनेकोभन्दा फरक रोगका लक्षण देखिएका छन्।

यसकारण विज्ञहरुले तत्काल विद्यालय खोलिँदा बालबालिकामा कोरोनाको जोखिम हुने चेतावनी दिएका छन्।

ट्रम्पले चिकित्सकको सुझावको वेवास्ता गर्दै हालसम्म मास्क समेत लगाएका छैनन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad