काठमाडौँबाट प्रहरीले बैंकिङ कसुर मुद्दाका दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-४ बस्ने दोलखाको वैतेश्वर गाउँपालिका-३ घर भएकी ३७ वर्षीया राधिका बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका-८ बस्ने २३ वर्षीय सुशिल लामा छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
राधिकालाई काठमाडौं महानगरपालिका-६ बाट र सुशिललाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
राधिकालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ। सुशिललाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको प्रहरीले जनाएको छ।
171
Shares

प्रतिक्रिया