पर्साको वीरगन्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित समातिएका छन्।
अस्पतालको आइसोलेसन वार्डबाट फरार दुईमध्ये एक जनालाई वीरगन्ज महानगरपालिकाको पश्चिममा पर्ने तिलावे नदीको पुल नजिकबाट नियन्त्रणमा लिएको हो।
उनलाई तिलावे पुल कटेर पश्चिम जाँदै गरेको अवस्थामा बुधबार साँझ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
यस्तै अर्का संक्रमितलाई वीरगन्जकै खाली रहेकाे श्रीराम सिनेमा हलमा बिहानै फेला पारिएको प्रहरीले जनाएको छ।
दुवै संक्रमित दिउँसो नारायणी कोरोना अस्पतालको पहिलो तलामा रहेको आइसोलेसन वार्डबाट भागेका थिए।उनीहरू दुवै शैचालयको भेन्टिलेटर तोडी हामफालेर भागेका थिए।
प्रतिक्रिया