राजनीति


काठमाडौंका मेयर शाक्यले भनेः लकडाउन पालना गरौं, नत्र अब कोरोना संक्रमण थेग्न सकिँदैन

काठमाडौंका मेयर शाक्यले भनेः लकडाउन पालना गरौं, नत्र अब कोरोना संक्रमण थेग्न सकिँदैन

नेपालखबर
बैशाख ३१, २०७७ बुधबार १७:९,

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड-१९ जोखिम बढ्दै गएकाले लकडाउन उल्लङ्घन नगर्न आग्रह गरिएको छ।

मङ्गलबार उपत्यकामा मात्रै एकैदिन तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको भन्दै थप सतर्कता आवश्यक रहेकाले लकडाउन पूर्णपालना गर्न सबैलाई आग्रह गरिएको हो।

लकडाउनको उल्लङ्घन गर्दै जाने हो भने नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र सङ्घीय सरकार गम्भीर भएर लकडाउन कडाइका साथ कार्यान्वयन गर्नेतर्फ केन्द्रित हुनुपर्ने काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भने।

‘आवतजावतको होडबाजीले थप समस्या हुन्छ। हामी सुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाइ गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौं,’ शाक्यले भने, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाध रूपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ। हिजोको घटनाले पनि त्यही कुराको पुष्टि गर्छ। अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जान सक्छ। त्यसैले हामी सबै सचेत हुन जरुरी छ।’

उनले केही कठिनाइबीच पनि लामो समयदेखि उपत्यकावासीले लकडाउनको पूर्ण पालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न आग्रह गरे। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .