समाज


सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा नाबालिकाको चरित्र हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ

सांकेतिक तस्बिर


नेपालखबर
चैत ९, २०८२ सोमबार १७:३०, काठमाडौँ

नाबालिकाको अन्तरङ्ग तस्विर तथा भिडिओ टेलिग्राम एकाउन्टबाट प्रसारण गरी चरित्रहत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्ला, नमोबुद्द नगरपालिका-८ दारीमबोट स्थायी वतन भई काठमाडौं बस्ने वर्ष २२ को अशोक लामा रहेका छन्।

नाबालिकाको अन्तरङ्ग तस्विर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको भन्ने जानकारी नाबालिकाले इन्ष्टाग्राम एकाउण्टका साथी बाट प्राप्त गरेपछि सोको अनुसन्धान तथा कारबाहीको लागि नाबालिकाको प्रहरीलाई निवेदन दिएकी थइन्।

प्रहरीको साइबर ब्यूरोले सो सम्बन्धमा गरेको प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट लामाको संग्लग्नता खुल्न आएको थियो।

आरोपी लामालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरी
अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad