कराते स्टार एरिका गुरुङ तमु धि युकेको सद्भावना दूत घोषित भएकी छन्।
तमु धि युकेले सोमबार काठमाडौमा एक पत्रकार सम्मेलन गर्दै एरिकालाई सद्भावना दूत घोषणा गरेको हो। उनीलाई एक वर्षका लागि सद्भावना दूत नियुक्त गरिएको छ।
सम्झौता अनुसार तमु धि युकेले प्रतियोगितामा सहभागी हुँदा आवश्यक खेल पोशाक उपलब्ध गराउनेछ।

यस्तै एरिकालाइई वर्षमा दुई जोर ट्रयाकसुट र विश्व कराते महासंघ तथा एसियन कराते महासंघद्धारा आयोजना गरिने अधिकतम चार आधिकारिक प्रतियोगितामध्ये एक प्रतियोगितामा सहभागिता जनाउँदा लाग्ने हवाई खर्च व्यहोर्ने छ। प्रतियोगिताका लागि ५ सय अमेरिकी डलर हवाई टिकट बेहोर्नेछ।
सम्झौता अनुसार एरिकाले लगाउने ट्रयाकसुटमा तमु धि युकेको लोगो प्रयोग गर्नुपर्नेछ। त्यस्तै, पदक जितेपछि ब्यानर वा झण्डासहित फोटो भिडिओ सामाजिक सञ्जालमा राख्नुपर्ने र मिडिया अन्तर्वार्तामा आफू तमु धि युकेको सद्भावना दूत रहेको जानकारी दिनुपर्ने सम्झौता पत्रमा उल्लेख छ।

Shares

प्रतिक्रिया