जबरजस्ती करणी उद्योग मुद्दाका फरार अभियुक्तलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।
जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी काठमाडौँका चन्द्रागिरी नगरपालिका-५ आकाश टोल बस्ने मकवानपुर भीमफेदी गाउँपालिका-१ घर भएका २५ वर्षीय सुभाष सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जबर्जस्ती करणी कसुरमा जिल्ला अदालत काठमाडौँको २०७५ जेष्ठ २४ गते उनलाई ५ वर्ष ११ महिना १० दिन कैद सजाय ठहर गरेको थियो।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रागिरी नगरपालिका-५ बाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रहरीले जनाएको छ।
78
Shares

प्रतिक्रिया